Kathmandu Press

झापा १ ले मुलुकको नेतृत्व गर्छ : महामन्त्री शर्मा

झापा १ ले मुलुकको नेतृत्व गर्छ : महामन्त्री शर्मा

झापा, कात्तिक २२ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं १ ले मुलुकको नेतृत्व गर्ने बताएका छन। झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका उनले चुनावी अभियानका क्रममा मेचीनगर–६ नवप्रवेशी कार्यकर्तालाई स्वागत गर्दै त्यस्तो बताएका हुन। सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जना कांग्रेसमा प्रवेश गरेका थिए। 'मुलुकको नेतृत्व झापा क्षेत्र नं १ ले गर्छ,' उनले भने, 'त्यसका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन म अपिल गर्छु।'

चुनावी अभियानकै क्रममा नयाँ कार्यकर्तालाई स्वागत गर्न पाउँदा गठबन्धनलाई थप ऊर्जासँगै सफलता मिलेको उल्लेख गरे। 'झापा क्षेत्र नम्बर १ का समग्र जनताको भावनामाथि कहिले कुठराघात गर्दिनँ,' उनले भने, 'यहाँको विकासका लागि जहिल्यै प्रतिबद्ध छु/रहनेछु।' झापा क्षेत्र नम्बर १ लोकतान्त्रिक–वाम गठबन्धनले घरदैलो अभियानलाई तीव्र पारेको छ। झापा क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत प्रत्यक्षतर्फ प्रतिनिधिसभामा सदस्यमा शर्मा, प्रदेशसभामा गोपाल तामाङ र श्यामविर लिम्बू चुनावी मैदानमा छन।

प्रकाशित मिति: २०:४० बजे, मंगलबार, कात्तिक २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्