Kathmandu Press

तीन हजार बढी कर्मचारी निर्वाचनमा खटिँदै

तीन हजार बढी कर्मचारी निर्वाचनमा खटिँदै

चितवन, कात्तिक २२ : आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा तीन हजार छ सय ८० कर्मचारी खटिने भएका छन्। निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्नका लागि उनीहरु खटिन लागेका हुन्।

निर्वाचन सम्पन्न गर्नका लागि चितवनका सबै मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ–आठ जना कर्मचारी परिचालन हुनेछन्। उनीहरुसँगै हरेक मतदान केन्द्रमा चार जना स्थानीय स्वयंसेवक कर्मचारी पनि रहनेछन्। जिल्लामा एक सय ६१ मतदानस्थल रहेका छन्। जसमा चार सय ६० मतदानस्थल तोकिएको छ। ती सबै मतदानस्थलमा निर्वाचन अधिकृतसहित आठ–आठ जनाको दरले तीन हजार छ सय ८० कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार चितवन क्षेत्र नम्बर मा एक हजार दुई सय ७४ जना, क्षेत्र नं २ मा एक हजार एक सय दुई जना र क्षेत्र नं ३ मा एक हजार तीन सय चार कर्मचारी खटिने छन्। उनीहरुलाई निर्वाचन कार्यालयले यही कात्तिक २३ गतेदेखि २५ गतेसम्म तालिम दिएर निर्वाचनमा खटाउने उनले जानकारी दिए। कात्तिक २३ गते क्षेत्र नम्बर १ मा खटिने कर्मचारीका लागि तालिमको व्यवस्था गरिएको छ भने क्षेत्र नम्बर २ मा खटिने कर्मचारीका लागि २४ गते तोकिएको छ।

यस्तै क्षेत्र नम्बर ३ को निर्वाचनमा खटिने कर्मचारीलाई २५ गते तालिम दिइने कार्यालयले जनाएको छ। तालिमपश्चात् निर्वाचनको प्रक्रिया सुरु गर्नका लागि कर्मचारी मङ्सिर १ गतेदेखिनै मतदानस्थलमा खटिने उनले बताए। मतदानस्थलको निरीक्षण सूचना टाँसलगायतका अन्य प्रक्रिया पूरा गर्नका लागि कर्मचारी १ गतेनै मतदानस्थल र केन्द्रमा पुग्ने छन् । जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता रहेका छन्। यो विसं २०७४ को निर्वाचनमा भन्दा १० हजार छ सय ५७ ले बढी हो। उनीहरुमध्ये महिला दुई लाख नौ हजार तीन सय नौ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख एक लाख ३९ हजार आठ सय ४५ मतदान रहेका छन् । क्षेत्र नम्बर १ मा एक लाख २४ हजार दुई सय १४ र ३ मा एक लाख ४४ हजार दुई सय ८३ जना रहेका छन् । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा ६६ हजार १५, १ (२) मा ७३ हजार आठ सय ३० जना मतदान रहेका छन् । २ (१) मा ६१ हजार नौ सय ७३, २ (२) मा ६२ हजार दुई सय ४२, ३ (१) मा ७८ हजार दुई सय ८६ र ३ (२) ६५ हजार नौ सय ९६ जना मतदान रहेका छन् ।

प्रकाशित मिति: १९:५४ बजे, मंगलबार, कात्तिक २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्