Kathmandu Press

गठबन्धन उम्मेदवारले भने– नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीय स्थल बनाउँछौ

गठबन्धन उम्मेदवारले भने– नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीय स्थल बनाउँछौ

काभ्रे, कात्तिक २२ : आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनको तर्फवाट प्रतिनिधि सभा उम्मेदवार सुर्यमान दोङ र प्रदेश सभा ख का उम्मेदवार तिर्थ लामाले नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीय स्थल बनाउने बताएका छन्। नमोबुद्ध जात्राको अवसरमा बुद्धको जन्मभूमि नमोबुद्ध पुगेका उम्मेदवारद्वय सूर्यमान दोङ र तिर्थ लामाले  जिल्लाको पर्यटकीय स्थलको रुपमा परिचित नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीय स्थल बनाउने बतााएका हुन्।

प्रत्येक वर्षको कार्तिक पूर्णिमाको दिन लाग्ने उक्त जात्रामा हजारौ दर्शनार्थीहरु सहभागी भएका थिए। जात्रामा विशेष गरी नेवारी समुदायले अघिल्लो दिन राती जाग्राम बसी आफ्ना मृत आत्माहरुको स्मृतिमा दीप प्रज्वलित गर्ने गर्दछन् भने पूर्णिमाको दिन बिहानदेखि दिउँसोभर नमोबुद्ध रहेका गुम्बामा पुजाआजा गर्ने गरिन्छ। सोहि दिन रातभर विशेष गरी तामाङ समुदायले दीप प्रज्वलित गर्ने गरेका छन्।

सत्ययुगमा इट्टेका राजाका तीन छोरामध्ये महासत्वले नमोबुद्ध जंगलमा बाघको शिकार गर्ने क्रममा खाना नपाएर मर्ने अवस्थामा पुगेकी वघिनी र उनका पाँच डमरुलाई बचाउनका लागि महासत्सवले आफ्नो दिएर बघिनी र डमरुलाई बचाएको धार्मिक किवदन्तीको आधारमा नमोवुद्ध जात्रा हुने गरेको छ। यीनै महासत्व २५ सय वर्ष पछाडी लुम्बिनीमा जन्मिएकोले गौतमवुद्धको पहिलो जन्मस्थान नमोबुद्धलाई भनिने गरेको छ।

प्रकाशित मिति: १९:२८ बजे, मंगलबार, कात्तिक २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्