दक्षिणी फिलिपिन्समा गोली चल्दा चार जनाको मृत्यु, एकजना घाइते
मनिला, कात्तिक २२ : फिलिपिन्सको दक्षिणी बासिलान प्रान्तमा अज्ञात बन्दुकधारीले सुतिरहेका मानिसहरूमाथि गोली चलाउँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीय समय अनुसार बिहान ५ बजे लमितान शहरमा गोली चलेको प्रहरीले जनाएको छ। आक्रमणमा विवाह मनाउन प्रयोग गरिएको अस्थायी मञ्चमा सुतिरहेका पीडितको घटनास्थलमै मृत्यु भएको हो।
आक्रमणमा घाइते भएका अर्का एक जना उपचाररत रहेको प्रहरीले जनाएको छ।
प्रहरीले एक दर्जन राउण्ड गोली र एक एम–१६ असल्ट राइफल बरामद गरेको छ। उनीहरूले आक्रमणको कारण र गोली प्रहार गर्नेहरूको पहिचानबारे अनुसन्धान गरिरहेका छन्।
प्रकाशित मिति: १९:२० बजे, मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१