थप १४ जनामा कोरोना संक्रमण पुष्टि
देशभर गरिएको ५ सय १९ पिसिआर परिक्षणका क्रममा १२ जना र ६ सय ३१ एन्टिजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडाैं, कात्तिक २२ : नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभर गरिएको ५ सय १९ पिसिआर परिक्षणका क्रममा १२ जना र ६ सय ३१ एन्टिजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप १५ जना निको भएका छन्। हाल नेपालमा ५ सय ७२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:३८ बजे, मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार