Kathmandu Press

मिथिला क्षेत्रमा सामाचखेवा पर्व सम्पन्न

कार्तिक शुक्ल पञ्चमी (छठ पर्वको खरना) का दिन सुरु गरिएको यो पर्व परम्पराअनुसार पूर्णिमा तिथिमा समापन गरिएको हो। मिथिला क्षेत्रमा मनाइने सामाचखेवा काठमाडौंमा पनि मनाइएको थियो।
मिथिला क्षेत्रमा सामाचखेवा पर्व सम्पन्न

काठमाडौं, कात्तिक २२ : मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच मनाइने प्रेम र समर्पणको पर्व सामाचखेवा सम्पन्न भएको छ।

कार्तिक शुक्ल पञ्चमी (छठ पर्वको खरना) का दिन सुरु गरिएको यो पर्व परम्पराअनुसार पूर्णिमा तिथिमा समापन गरिएको हो। मिथिला क्षेत्रमा मनाइने सामाचखेवा काठमाडौंमा पनि मनाइएको थियो।

sama chakewa_Moment cxyuyrszrxy1667901598.jpg

Hardik ivf

थारु महिला समाजले काठमाडौंको माइतिघरमा भेला भएर सामाचखेवा मनाएका हुन्। पर्वमा सतभैया (सप्तर्षि), हात्ती, बृन्दावन, चुगला, सामा र चकेवाका माटाका आकृति दाजुभाइका हातबाट फुटाउन लगाइ जोतिएको खेत र निर्जन वनमा गाड्ने प्रचलन छन्।

मिथिला क्षेत्रमा मिथिलानीहरू (मिथिलाका नारी) ले आफ्ना दाजुभाइको सौर्य बखान गर्दै गीत गाएर मनाइने यो पर्व दाजुभाइ दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने थारु महिलाहरुको भनाइ छ।

sama chakewa_Moment cyjx1667901598.jpg

बोलीचालीको भाषामा  ‘सामा खेल’ भनिने गरिएको यो ११ दिने पर्व दिदीबहिनी र दाजुभाइका लागि प्रतिक्षा, खुसी र आपसी सद्भाव व्यक्त गर्ने उपयुक्त अवसर मानिन्छ।

पर्वका ११ दिनको मध्यरातसम्मको चकमन्न समयमा नगर गाउँबस्तीको चौबाटोमा समूहमा जम्मा भएर आफ्ना दाजुभाइको सौर्य बखान गर्दै दुष्ट चरित्रलाई सत्तोसराप गरेर आफूहरूबीच पवित्र र आत्मीय स्नेह रहेको दर्शाउनु पर्वको मुख्यपक्ष रहेको उनीहरुको भनाइ छ।

sama chakewa_Moment ctygxdyj1667901597.jpg

दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व करिब साढे पाँच हजार वर्ष पहिले द्वापर युगबाट सुरु भएको मिथिला संस्कृतिविद्हरुले जनाएका हुन्।

sama chakewa_Moment ctiyucfyvl1667901597.jpg

द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा)सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भइ भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसंग रहेको छ।   

प्रकाशित मिति: १५:३५ बजे, मंगलबार, कात्तिक २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्