Kathmandu Press

धार्मिक सहिष्णुतामा आँच पुर्‍याएको भन्दै अभिनेत्री उपासनाकाे पहिरन विवादमा

आगामी पुस १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘डिसेम्बर फल्स’का लागि उपसनाले लगाएको पहिरन विवादमा परेको हो। 
धार्मिक सहिष्णुतामा आँच पुर्‍याएको भन्दै अभिनेत्री उपासनाकाे पहिरन विवादमा

काठमाडाैं, कात्तिक २२ : अभिनेत्री उपासना सिंह ठकुरीले लगाएको बौद्ध स्तुपा र स्वयम्भू चैत्यको चित्र अंकित पहिरन विवादमा परेको छ।

आगामी पुस १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘डिसेम्बर फल्स’का लागि उपसनाले लगाएको पहिरन विवादमा परेको हो। 

Hardik ivf

आगामी पुस १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘डिसेम्बर फल्स’का लागि गत साता मात्रै भक्तपुर दरबार क्षेत्रमा छायांकन गरिएको एक गीतमा उपसनाले लगाएको पहिरन विवादमा परेको हो। 

उनको सो पहिरनलाई लिएर धेरैले भगवान्को अवमूल्यन गरिएको भन्दै विरोध गरेका छन्। पहिरनको खुट्टाको भागमा त्यस्तो चित्र प्रयोग गर्नु अनुचित रहेको भनेरपनि आलोचना भइरहेको छ। उक्त पहिरनले धार्मिक सहिष्णुतामा आँच पुर्‍याएको पनि भनिएको छ।

उनले उक्त पहिरनसहितको टिकटक अप्लोड गरेसँगै विवाद सुरु भएको हो। टिकटकमा उनको र पहिरनको विरोधमा कमेन्ट गरिएका छन्। 

प्रकाशित मिति: १४:३१ बजे, मंगलबार, कात्तिक २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्