Kathmandu Press

हुवावे ल्यायो स्मार्टफाेनसहित नयाँ ६ उत्पादन

काठमाडौं, पुस १ : हुवाई नेपालले एड्भान्स टेक्नोलोजीसहित नयाँ ६ वटा उत्पादन ल्याएको छ।

हुवाईले आफ्नै इन्टेलिजन्ट इकोसिस्टम (एचएमएस)युक्त नयाँ....

हुवावे ल्यायो स्मार्टफाेनसहित नयाँ ६ उत्पादन

काठमाडौं, पुस १ : हुवाई नेपालले एड्भान्स टेक्नोलोजीसहित नयाँ ६ वटा उत्पादन ल्याएको छ।

हुवाईले आफ्नै इन्टेलिजन्ट इकोसिस्टम (एचएमएस)युक्त नयाँ मोबाइल ल्याएको हो। जसमा फ्ल्यागसिप हुवाई मेट ३० प्रो, वाइ ९एस स्मार्टफोन रहेको छ।

त्यस्तै, जीटी–२ घडी, ब्यान्ड–४, ब्यान्ड–४ ई, फ्रि बड्स–३थ्री तथा फ्रिल्यान्सजस्ता वेयरेबलहरू रहेका छन्। यि सबै उत्पादन एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

हुवाई नेपालले खुला इकोसिस्टम निर्माण गर्ने लक्ष्य रहेको जनाएको छ। जसले हुवाई मोबाइल सर्भिस, हुवाई डिभाइसेस, फाइभजी नेटवर्क तथा एआईजडित एपहरू प्रयोग गरी उपकरणहरूलाई कुनै समस्याविना कनेक्ट हुन सम्भव तुल्याउने जनाएको छ।

कार्यक्रममा हुवाई मोबाइल सर्भिसबारे जानकारी दिइएको छ। अहिले यसको एक वर्षभित्रै तीन अर्ब अमेरिकी डलर तथा तीन हजार रिसर्च एन्ड डेभ्लेपमेन्ट कर्मचारी परिचालन गर्ने जनाएको छ। दुई वर्षभित्र लगानी रकम बढाएर पाँच अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य लिएको छ।

अहिले सार्वजनिक गरिएको फ्ल्यागशिप हुवाई मेट ३० प्रोमा किरिन ९९० एसओसी रहेको छ। त्यस्तै, ७ एनएम र इयूभी प्रोसेसको प्रयोग गरिएको जनाएको छ। यसको ब्याट्री पनि लामो समय टिक्ने जनाएको छ।

यो स्मार्टफोनले प्रयोगकर्ताहरूका लागि उच्च स्तरको फोटो र भिडियो खिच्न सघाउँछ। यसमा ४० एमपी सिने क्यामरासहितको उच्चस्तरको क्वाड क्यामरा प्रणाली, ४० एमपी सुपरसेन्सिङ क्यामरा, ८ एमपीको टेलिफोटो क्यामरा तथा थ्रीडी डेप्थ सेन्सिङ क्यामरा जडित छ। यसको फ्रन्ट क्यामरा ३२ एमपीको छ।

प्रकाशित मिति: १४:२२ बजे, मंगलबार, पुस १, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्