कसैले मेरो नाम लिएर भोट नमाग्नुहोला : हर्क साम्पाङ
उनले कसैलाई उम्मेदवार नबनाएको र कसैप्रति आफ्नो समर्थन नरहेको आशय प्कट गर्दै आज (मंगलबार) सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन्।
काठमाडौं, कात्तिक २२ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मंसिर ४ गतेको निर्वाचनमा आफ्नो नाम लिएर कुनै पनि उम्मेदवारका नाममा मत नमाग्न अनुरोध गरेका छन्।
उनले कसैलाई उम्मेदवार नबनाएको र कसैप्रति आफ्नो समर्थन नरहेको आशय प्कट गर्दै आज (मंगलबार) सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन्।
‘मैले कोहीकसैलाई मेरो उम्मेदवार बनाएर अघि सारेको छैन ! कसैले मेरो नाम लिएर भोट नमाग्नुहोला ! यसमा मेरो कुनै संलग्नता नरहेको सबैलाई जानकारी गराउँछु !’ उनले आफ्नो फेबुक पेज हर्क राई अ रिभोलुसनमा लेखेका छन्।
त्यसअघि आजै उनले नियमपूर्वक गरिएको प्रचारमा कसैले रोक लाउन नपाउने बताएका थिए। ‘नियम भित्र रहेर प्रचार गर्न पाउने स्वतन्त्रताको अधिकार माथि कसैले रोक लगाउन पाइन्न!’ सोही फेसबुक पेजमा उनले लेखेका छन्।
साम्पाङ गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरको मेयरमा निर्वाचित भएका थिए।












