Kathmandu Press

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय

लाहोर, पुस १ : पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको छ।

आज पाकिस्तानको विशेष अदालतले देशद्रोहको मुद्दामा म....

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय

लाहोर, पुस १ : पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको छ।

आज पाकिस्तानको विशेष अदालतले देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको पाकिस्तानी स‌ंचारमाध्यमले जनाएका छन्। पाकिस्तानकाे द डन न्यूजका अनुसार, विशेष अदालतले उनलाई देशद्रोहको मुद्दामा दोषी ठहर गरेको छ।

पेशावरको उच्च अदालतका मुख्यन्यायाधीश वकार अहमद सेठको नेतृत्वको विशेष अदालतको तीन सदस्यीय संयुक्त इजलाशले पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला गरेको हो।

Hardik ivf

पूर्वराष्ट्रपति मुशर्रफमाथि देशमा संकटकाल लगाएकोमा देशद्रोहको मुद्दा दर्ता गरिएको थियो। उनले ३ नोभेम्बर, २००७ मा संकटकाल लगाएका थिए।

उनीविरुद्ध पाकिस्तानको मुस्लिम लिगले मुद्दा दर्ता गरेको थियो। २०१३ डिसेम्बरदेखि मुद्दा चलिरहेको थियो।

यो मुद्दामा ३१ मार्च, २०१४ मा उलनाई दोषी करार गरिएको थियो। तर, उनले पुनारोलोकन गरेका थिए। त्यही मुद्दामा अहिले सजाय सुनाएको हो।

उनी पाकिस्तानको सर्वोच्च अदालत र गृह मन्त्रालयको अनुमतिमा सन् २०१६ मा विदेश गएका थिए। अहिले उनी दुवैइमा रहेका छन्।

यस अघि २७ नोभेम्बरमा फैसला सुनाउने तयारी गरिएको थियो। तर, मुशर्रफ र गृह मन्त्रालयको आग्रहमा रोकिएको थियो।

उनलाई बयानका लागि बोलाइएको थियो। तर, उनी बिरामी भएको जनाउँदै पाकिस्तान फर्केका थिएनन्। उनले भिडियो सन्देश जारी गर्दै आफू बिरामी रहेको अहिले बयानका लागि आउन नसक्ने जनाएका थिए।

७६ वर्षीय पूर्वराष्ट्रपति मुशर्रफले देशद्रोहको आरोपलाई खण्डन गर्दै आएका थिए। उनले देशहित विपरित कुनै काम नगरेको बताउदै आएका छन्।

उनी पाकिस्तानी सैनिक प्रमुख रहेका थिए। उनले सरकार अपदस्त गरी आफूले नेतृत्व लिएका थिए।

प्रकाशित मिति: १३:३३ बजे, मंगलबार, पुस १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्