Kathmandu Press

कांग्रेसको घोषणपत्र कार्यान्वयनका लागि गठबन्धनले जित्नुपर्छ

कांग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसले बोलेको कुरा गर्ने भएकाले अब सपनाको पछि नलाग्न आग्रह गरे । उनले भने, “जनतालाई साथ लिएर हिँड्ने पार्टी भनेको कांग्रेस हो ।” कांग्रेसले आफ्नो प्रतिबद्धताको लेखाजोखा गर्ने उनको भनाइ थियो । उनले थपे, “हामी अरुले झैँ सपना देखाउँदैनौँ ।”
कांग्रेसको घोषणपत्र कार्यान्वयनका लागि गठबन्धनले जित्नुपर्छ

काठमाडौं, कात्तिक २२ : नेपाली कांग्रेसको घोषाणापत्र कार्यान्वयनका लागि गठबन्धनले निर्वाचन जित्नुपर्ने आज यहाँ आयोजना गरिएको कार्यक्रममा सहभागी नेताहरूले बताएका छन् । नेपाली कांग्रेस चितवन–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘अबको कांग्रेसको सङ्कल्प’माथि छलफल कार्यक्रममा बोल्ने कांग्रेसका नेताहरूले गठबन्धनले जित हासिल गर्दा मात्र कांग्रेसको घोषणापत्र कार्यान्वयनमा आउने बताएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसले बोलेको कुरा गर्ने भएकाले अब सपनाको पछि नलाग्न आग्रह गरे । उनले भने, “जनतालाई साथ लिएर हिँड्ने पार्टी भनेको कांग्रेस हो ।” कांग्रेसले आफ्नो प्रतिबद्धताको लेखाजोखा गर्ने उनको भनाइ थियो । उनले थपे, “हामी अरुले झैँ सपना देखाउँदैनौँ ।”

Hardik ivf

कांग्रेस केन्द्रीय सदस्य प्रा डा गोविन्द पोखरेलले कांग्रेसले जनताको कोखदेखि शोकसम्म काम गर्ने गरी सङ्कल्प गरेको बताए । समाजवाद कांग्रेसको कार्यक्रम रहेको भन्दै उनले अहिले युरोपियन मोडलको समाजवादको परिकल्पना कांग्रेसको सङ्कल्पपत्रमा गरिएको बताए । घोषणापत्र तयारी समितिका सदस्यसमेत रहेका पोखरेलले नेपालको अवस्थालाई ध्यानमा राखेर विदेश नीति बनाउन कांग्रेस तयार रहेको बताए । 

नेपाली कांग्रेसका नेता एवं योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले कांग्रेसको सङ्कल्प प्रस्ताव अहिलेसम्मकै उत्कृष्ट रहेको बताए । “बिपीका कुरादेखि अहिलेका युवासम्मका कुरा समेटिएकाले यसले वृद्धदेखि सबैलाई समेट्छ ।” उनले भने, “वितरणमुखी बजेटलाई एकीकृत गर्दै कोखदेखि शोकसम्मका कार्यक्रम ल्याएका छौँ ।” योगदानको आधारमा राज्यले यसमा सहयोग गर्ने उनले बताए । वाग्लेले कांग्रेसले हरेक वर्ष आफ्नो प्रतिबद्धताको लेखा जनतासँग गर्ने गरी सङ्कल्प गरेको बताए । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्थायी सरकारका लागि गठबन्धन बनेकाले सबैले सहयोग गर्न आग्रह गरे । गठबन्धनका कारण संविधानको रक्षा हुने भन्दै उनले अबका प्राप्त उपलब्धि रक्षा गर्न जनता लाग्नुपर्ने बताए । 

प्रकाशित मिति: ०८:१४ बजे, मंगलबार, कात्तिक २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्