Kathmandu Press

सर्लाहीलाई मुलुककै पर्यटकीय गन्तव्य क्षेत्र बनाउने गठबन्धनका उम्मेदवार साहको घोषणा

सर्लाहीलाई मुलुककै पर्यटकीय गन्तव्य क्षेत्र बनाउने गठबन्धनका उम्मेदवार साहको घोषणा

सर्लाही, कात्तिक २१ : प्रतिनिधिसभा सदस्यमासर्लाही क्षेत्र नम्बर ३ बाट गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र साहले सर्लाहीलाई पर्यटकीय गन्तव्य बनाउने उद्घोष गरेका छन् ।

सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर २ पाकरगाछीमा आयोजित कार्यक्रममा नेता साहले जिल्लालाई पर्यटकीय गन्तब्य बनाउने घोषणा गरेका हुन् ।

Hardik ivf

निर्वाचन प्रचार प्रसार समिति हरिवन २ ले आयोजना गरेको कार्यक्रममा नेता साहले सर्लाहीमा पर्यटन र कृषिको प्रचुर संभावना रहेको उल्लेख गरे ।

‘सर्लाहीमा धान, उखु, तरुल, बेसार, मकै, आँप, लिची प्रसस्त फल्छ । हामीले पिक एण्ड पे को नारा बोकेर अगाडी बढ्नु पर्छ,’ साहले भने, ‘चुरे पहाड र बागमती नदीले यहाँको सौन्दर्य बढाएको छ । यसको संरक्षण गर्दै हामीले होमस्टेको सुविधा पनि सुरु गर्नुपर्छ । देश विदेशबाट पर्यटकहरु भित्र्याउनु पर्छ ।’

उनले हरिवन क्षेत्र बागवानी र कृषिजन्य उत्पादनका लागि परिचित रहेको बताउँदै यसको बजारीकरणका लागि ध्यान दिनुपर्ने बताए ।     

२०७० सालमा समानुपातिक सांसद हँदा आफूले जिल्लामा गाउँ गाउँ पुगेर जनताका समस्याहरु संकलन गरेका उल्लेख गर्दै उनले प्राथमिकताका आधारमा ती समस्याहरु समाधान गर्न निरन्तर पहल गरिरहेको उनले बताए ।

‘तपाईंहरुको सुखका क्षणहरुमा म सहभागी हुन नसकौंला । तर, दुःख, कष्ट र कुनै समस्या पर्दा सेवा गर्न सधैँ तयार हुनेछु,’ साहले पाकरगाछीको भेलालाई सम्बोधन गर्दै भने, ‘चुनाव लड्नुमा मेरो कुनै व्यक्तिगत स्वार्थ छैन । जनता र देशको सेवामा सधैँ समर्पित हुनेछु । मेरो स्वार्थ भनेको सबैको भलाइ हुने काम गर्नु मात्र हो ।’  

उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता तथा प्रदेश सभा ‘क’ का उम्मेदवार डिल्लीप्रसाद उप्रेती, नेताहरु पद्मा ठोकर, नरेन्द्र भट्टराई, बिगु प्रसाद चौधरी, नन्दराम महतोलगायत लोकतान्त्रिक वाम गठबन्धनमा आवद्ध बिभिन्न दलका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: २०:४१ बजे, सोमबार, कात्तिक २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्