पुरूषभन्दा महिला उत्कृष्ट नेता : बराक ओबामा
काठमाडौं, पुस १ : विश्वका सबै देश महिलाले चलाए जीवनशैलीको मापदण्ड र परिणाममा सुधार आउने अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले बताएका छन्।
सिं....

काठमाडौं, पुस १ : विश्वका सबै देश महिलाले चलाए जीवनशैलीको मापदण्ड र परिणाममा सुधार आउने अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले बताएका छन्।
सिंगापुरमा रहेका ओबामाले महिलाहरू पूर्ण नभए पनि पुरूषभन्दा अब्बल भएकोमा कुनै शंका नभएको बताएका हुन्। विश्वका अधिकांश समस्या शक्तिमा रहिरहने वृद्ध व्यक्ति, त्यो पनि पुरूषबाट आएको उनले बताए।
राजनीतिक ध्रुविकरण र गलत समाचार फैलाउनलाई सामाजिक सञ्जालको प्रयोगबारे पनि उनले प्रतिक्रिया दिए।
नेतृत्वसम्बन्धी निजी कार्यक्रममा बोल्दै आफू राष्ट्रपति छँदा विश्वमा महिला नेतृत्व भएको कस्तो हुन्थ्यो होला भनेर सोंच्ने गरेको बताए। ‘महिलालाई म के भन्न चाहन्छु भने, तपाईंहरू पूर्ण हुनुहुन्न तर तपाईंहरू हामी पुरूषभन्दा अब्बल भएकोमा कुनै शंका छैन। कम्तिमा दुई वर्षसम्म विश्वका सारा देश महिलाले चलाए जीवनशैलीको मापदण्ड र परिणाम, सबै क्षेत्रमा उल्लेखनीय सुधार हुनेमा मलाई पूर्ण विश्वास छ।’
राजनीतिक नेतृत्वमा फर्किने कि भन्ने प्रश्नमा ओबामाले समयमै नेताले अरूका लागि स्थान गर्न पछि हट्नुपर्ने सँस्कृतिमा विश्वास गर्ने बताए। ‘विश्व र यहाँको समस्यालाई हेर्नुहुन्छ भने प्रायः पाका पुरूषहरू बाटोबाट नहट्ने गरेको देख्नुहुनेछ,’ उनले भने, ‘राजनीतिक नेताहरूले बुझ्नुपर्छ भने उनीहरू केहि कामका लागि त्यहाँ छन् तर पुरै जीवनकालका लागि होइन। स्वयंको महत्त्व वा शक्ति बढाउनलाई हामी त्यहाँ पुगेका होइनौं।’
ओबामा सन् २००९ देखि २०१७ सम्म अमेरिकाका राष्ट्रपति थिए। व्हाइट हाउस छोडेपछि पत्नि मिसेलसँगै ओबामाले एउटा फाउण्डेसनको स्थापना गरेर विश्वभरिका युवा नेतालाई प्रशिक्षण दिइरहेका छन्।
गत साता ओबामा दम्पत्ति ओबामा फाउण्डेसनको कार्यक्रमका लागि क्वालालम्पुरमा थिए।












