Kathmandu Press

जापानका लागि नेपालका राजदूत डा सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

जापानका लागि नेपालका राजदूत डा सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडाैं, कात्तिक २१ : जापानका लागि नेपालका नवनियुक्त राजदूत डा दुर्गाबहादुर सुवेदीले आज बिहान इम्पेरियल प्यालेसमा आयोजित विशेष समारोहमा सम्राट नारुहितो समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन।

जापानी सम्राट नारुहितोले राजदूत डा सुवेदीलाई स्वागत गर्दै दुई मित्र राष्ट्रबीचको विद्यमान सम्बन्धको उत्कृष्ट अवस्थाप्रति खुसी व्यक्त गरे। उनले आगामी दिनमा दुई मुलुकबीचको मित्रता र सहकार्यको घनिष्ट र सौहार्दपूर्ण सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे।

Hardik ivf

आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै राजदूत डा सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट सम्राट नारुहितोको व्यक्तिगत सुस्वास्थ्य तथा जापानी जनताको शान्ति, प्रगति र समृद्धिका लागि शुभेच्छा प्रकट गरे।

राजदूत डा सुवेदीले नेपाल र नेपाली जनताको सामाजिक–आर्थिक विकासमा उदार र निरन्तर सहयोग गरेकामा जापान सरकार र जापानी जनताप्रति हार्दिक आभार प्रकट गर्नुभएको जापानस्थित नेपाली राजदूतावासले जनाएको छ।

प्रकाशित मिति: १९:४३ बजे, सोमबार, कात्तिक २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्