Kathmandu Press

कांग्रेसको पनौती– काठमाडौं सम्पर्क समिति पुनर्गठन, सभापतिमा भगवान केसी

नेपाली कांग्रेसको पनौती–काठमाडौं सम्पर्क समिति पुनर्गठन भएको छ। सोमबार काठमाडौंमा भएको भेलाले भगवान केसीलाई सभापति चयन गर्दै समिति पुनर्गठन गरेको हो।
कांग्रेसको पनौती– काठमाडौं सम्पर्क समिति पुनर्गठन, सभापतिमा भगवान केसी

काठमाडौं, कात्तिक २१ : नेपाली कांग्रेसको पनौती–काठमाडौं सम्पर्क समिति पुनर्गठन भएको छ। सोमबार काठमाडौंमा भएको भेलाले भगवान केसीलाई सभापति चयन गर्दै समिति पुनर्गठन गरेको हो।

समितिको उपसभापतिमा बालकृष्ण हुमागाई र राजु श्रेष्ठ चयन हुँदा सचिवमा रुपक लामिछाने र डालिया सापकोटा, सहसचिव राहुल श्रेष्ठ र कोषाध्यक्षमा उमेशराज न्यौपाने छन्।

314715933_3370004039936849_8294170656645653051_n1667829255.jpg

यस्तै, समितिको सदस्यमा ज्ञानेन्द्र श्रेष्ठ, उद्धवसिं थापा, डा. रामनारायण श्रेष्ठ, अञ्जन केसी, गणेश आचार्य, विनोद सापकोटा, सुनिल दुवाल, सुमन लामिछाने, कुमार आचार्य, मञ्जु वञ्जारा, सन्देश हुमागाई, रवि तामाङ छन्।

कार्यक्रममा कांग्रेस जिल्ला सभापति काभ्रे–१ (ख)का प्रदेशसभा सदस्य उम्मेदवार तिर्थ लामाले आसन्न निर्वाचन संविधान भत्काउने र बचाउने विचको लडाई भएकोले संविधानको रक्षा, विकास र समृद्धिको लागि लोकतान्त्रिक–बाम गठबन्धनलाई विजयी गराउन अनुरोध गरे।

314687457_423590016645337_7356539478792427453_n1667828263.jpg

कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति रमेशप्रसाद हुमागाई, कोषाध्यक्ष जगन्नाथ गिरी, काभ्रे क्षेत्र नं २ का सभापति महेश खरेल, प्रदेश सभा १ (ख) का सभापति चन्द्रबहादुर लामा, कांग्रेस नेता प्रकाश थापा, पनौती नगर सभापति रामशरण भण्डारी, सम्पर्क समितिका सभापति विदुर हुमागाई, रिम हुमागाई लगायतले लोकतान्त्रिक–बाम गठबन्धनको विजय गराउनुपर्ने भएकोले सबै जना परिचालित हुन अनुरोध गरे।

प्रकाशित मिति: १९:२१ बजे, सोमबार, कात्तिक २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्