Kathmandu Press

पिर्का प्रहार गरी बुबाको हत्या गरेको अभियोगमा पक्राउ

पिर्का प्रहार गरी बुबाको हत्या गरेको अभियोगमा पक्राउ

रोल्पा, कात्तिक  २१ : आफ्नै बुबा ५४ वर्षीय मानसिंह घर्तिलाई काठको पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले त्रिबेणी गाउँपालिका-४ पोखरीका २३ वर्षीय संदिप घर्तिलाई पक्राउ गरेकाे छ। सोमबार बिहान प्रहरीले घर्तीलाई पक्राउ गरेको हाे।
 
घरको भान्सा कोठामा दुवै जना बसेर मादक पदार्थ सेवन गरेपछि घरायसी विवादमा संदिपले पिर्का प्रहार गर्दा मानसिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जुगार, अस्थायी प्रहरी पोष्ट बुढागाँउ र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ।

प्रकाशित मिति: १८:४१ बजे, सोमबार, कात्तिक २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्