Kathmandu Press

हमिद कारजाईका भाइ महमुदलाई तालिबानले हिरासतमा लियो

पूर्व सहरी विकास र भूमि मन्त्री महमूद कारजाईलाई कानुनी समस्याका कारण विदेश यात्रा गर्न प्रतिबन्ध लगाइएको तालिबानका प्रवक्ताले टोलो न्युजलाई जानकारी दिएका छन्। 
हमिद कारजाईका भाइ महमुदलाई तालिबानले हिरासतमा लियो

काबुल, कात्तिक २१ : अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईका भाइ अर्थात् एक प्रमुख अफगान व्यापारी महमुद कारजाईलाई आइतबार काबुल एयरपोर्टमा तालिबानले हिरासतमा लिएको स्रोतले खामा प्रेसलाई बताएको छ। 

पूर्व सहरी विकास र भूमि मन्त्री महमूद कारजाईलाई कानुनी समस्याका कारण विदेश यात्रा गर्न प्रतिबन्ध लगाइएको तालिबानका प्रवक्ताले टोलो न्युजलाई जानकारी दिएका छन्। 

Hardik ivf

तालिबानको प्रधानमन्त्रीको कार्यालयनजिकैको एक स्रोतले खामा प्रेसलाई महमूद कारजाईलाई तालिबानको गुप्तचर सेवाले काबुल एयरपोर्टबाट हिरासतमा लिएको बताएको छ। उनी दुबईको एरियाना एयरलाइन्सको उडानमा सवार थिए।

हमिद कारजाई र अब्दुल्लाह अब्दुल्लाह दुबै जना अगानिस्तानका उच्च तहका राजनीतिज्ञ हुनुहुन्छ। उहाँहरुले तालिबानले अफगानिस्तानमा नियन्त्रण गरेपछि पनि अफगानिस्तानमा नै बस्दै आएका छन्।

पूर्वराष्ट्रपति हमिद कारजाईले तालिबान सरकारको महिला अधिकारलाई कुण्ठित गरेको भन्दै आलोचना गर्दै आएका छन्। उनले तालिबानलाई समावेशी सरकार गठन गर्न माग गरिरहेका छन्।

खामा प्रेससँग कुरा गर्ने स्रोतले महमुद कारजाईलाई हिरासतमा राख्नुको कारण उनको भाइ हमिद कारजाईको राजनीतिक टिप्पणी हुन सक्ने विश्वास गरेको छ।

प्रकाशित मिति: १८:१२ बजे, सोमबार, कात्तिक २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्