Kathmandu Press

भारत-भुटान सीमानजिक सडक दुर्घटना, एक सैनिकको मृत्यु, ४ घाइते

भारत-भुटान सीमानजिक सडक दुर्घटना, एक सैनिकको मृत्यु, ४ घाइते

गुवाहाटी, कात्तिक २१  : भारत-भुटान सीमाको तामुलपुर नजिक सोमबार भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने  अन्य चार जना घाइते भएका छन्।

गुवाहाटीका डिफेन्स पीआरओले घाइते सेनाका जवानहरूलाई आर्मी बेस अस्पतालमा लगिएको जानकारी दिएका छन्।

भारत-भुटान सीमामा रहेको तामुलपुर नजिक आज भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक सैनिकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

'घाइतेहरूलाई सेनाको बेस अस्पतालमा लगिएको छ,' गुवाहाटी सुरक्षा संयन्त्रले उल्लेख गरेको छ। 

सेनाको गाडी नरेंगी आर्मी क्यान्टबाट दुर्घटनास्थल पुगेको थियो। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: १८:०४ बजे, सोमबार, कात्तिक २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्