Kathmandu Press

सोमालियाको सेनाले अल–सबाबका २१ जना लडाकुलाई मारे

सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले स्थानीयवासीविरुद्ध हमला गर्ने अल–शबाबको मनशाय रहेको देशको गुप्तचर निकायलाई पूर्व सूचना पाएपछि गाल्का सालिमो गाउँमा सुरक्षा कारबाही गरिएको जनाएको छ। 
सोमालियाको सेनाले अल–सबाबका २१ जना लडाकुलाई मारे

मोगादिसु, कात्तिक २१ : सोमालियाको राष्ट्रिय खुफिया र सुरक्षा एजेन्सी (निसा) ले आइतबार मध्य सोमालियामा २१ अल–सबाब लडाकुको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाएको छ।

सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले स्थानीयवासीविरुद्ध हमला गर्ने अल–शबाबको मनशाय रहेको देशको गुप्तचर निकायलाई पूर्व सूचना पाएपछि गाल्का सालिमो गाउँमा सुरक्षा कारबाही गरिएको जनाएको छ। 

सोमालीयाली सेनाले गरेको अथक प्रयासको कारण गत हप्ता अल–शबाब समूहका करिब दुई सय सदस्यको मृत्यु भएको मन्त्रालयले जनाएको छ। सोमालियाको राजधानी मोगादिसुमा जारी विज्ञप्तिमा मन्त्रालयले भनेको छ।

'यो आतंककारीहरूका लागि ठूलो प्रहार हो र यसको अर्थ राष्ट्रिय सेनाले चार दिनभित्र अल–शबाबका करिब २०० सदस्यहरूलाई मारेको छ,’ मन्त्रालयले भनेकाे छ।

मन्त्रालयले अल–शबाब लडाकूहरुलाई हटाउन सामूहिक संकल्पको महत्त्वलाई स्वीकार गरेकोमा सोमाली जनताप्रति कृतज्ञता व्यक्त गरेको छ।

प्रकाशित मिति: १६:५५ बजे, सोमबार, कात्तिक २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्