Kathmandu Press

गिनीकाे सडक दुर्घटनामा २२ जनाको मृत्यु

किन्दियाको छिमेकी मामोउ क्षेत्रबाट आएको ट्रक कोनाक्रीदेखि किन्डिया जाने राष्ट्रिय सडकमा दुर्घटना भएको गिनीको सङ्क्रमणकालीन सरकारले जानकारी दिएको छ।
गिनीकाे सडक दुर्घटनामा २२ जनाको मृत्यु

कोनाक्री, कात्तिक २१ : पश्चिमी गिनीको किन्डिया क्षेत्रमा आइतबार धेरै विद्यार्थी बोकेको एउटा मिनीबस एक ट्रकसँग ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका छन्।

किन्दियाको छिमेकी मामोउ क्षेत्रबाट आएको ट्रक कोनाक्रीदेखि किन्डिया जाने राष्ट्रिय सडकमा दुर्घटना भएको गिनीको सङ्क्रमणकालीन सरकारले जानकारी दिएको छ।

विशेष सेवाहरु शोकसन्तप्त परिवारहरूलाई सहयोग प्रदान गर्न परिचालन गरिएको छ। सरकारले किन्डिया क्षेत्रीय अस्पतालमा घाइतेहरूको उपचार गरिरहेको सरकारी प्रवक्ता ओस्मान गौअल डायलोले बताएका छन्। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १६:५२ बजे, सोमबार, कात्तिक २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्