Kathmandu Press

एडिबिसँग सहुलियतपूर्ण ऋण र अनुदान सम्झौता 

एडिबिसँग सहुलियतपूर्ण ऋण र अनुदान सम्झौता 
एडिबिसँग सहुलियतपूर्ण ऋण र अनुदान सम्झौता 

काठमाडौं, कात्तिक २१ : नेपाल सरकार र  एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । 

सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइसबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

Hardik ivf

सम्झौताअनुसार, बैंकले साधारण पूँजी संशोधनबाट करिब सात अर्ब ७९ करोड सहुलियत ऋण र एसियाली कोषबाट  करिब एक अर्ब ३० करोड अनुदान व्यहोर्ने छ ।

परियोजनाका लागि बैंकले विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट रु एक अर्ब १७ करोड खर्च र नेपाल सरकारले  करिब एक अर्ब ८८ करोड लगानी गर्नेछ । सम्झौता कार्यक्रममा अर्थसचिव पुस्करले कृषि क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको भन्दै बर्षेनी बजेट बढाउदै लगेको जानकारी दिनुभयो । सहयोगले नेपालको कृषि क्षेत्रको बिकासका लागि थप मद्धत पुग्ने उनको भनाई छ ।  

उक्त परियोजनाबाट प्रदेश नं १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ३० हजार घरपरिवार लाभान्वित हुनेछन् । जलवायु सहन सक्ने ओखर र फलफूल प्रजातिका बोटबिरुवा १० हजार हेक्टरमा लगाइने सम्झौतापत्रमा उल्लेख छ ।  

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, कात्तिक २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्