Kathmandu Press

अस्थायी मतदातालाई कारागारमा मतदान केन्द्र 

अस्थायी मतदातालाई कारागारमा मतदान केन्द्र 

म्याग्दी, कात्तिक २१ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीका अस्थायी मतदाताहरुका लागि बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागार शाखामा मतदान केन्द्र कायम भएको छ। 

जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जिल्लास्थित विभिन्न कार्यालय, ब्यारेक, कारागार, वृद्धाश्रम लगायतका विभिन्न सङ्घसंस्थामा रहेका अस्थायी मतदाताहरुको नामावली तयार पारिएको जनाएको छ। 

Hardik ivf

म्याग्दीमा आठ सय ६३ जना अस्थायी मतदाता कायम भएका जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए । दाबी विरोध लगायतका प्रक्रिया पूरा गरी कायम भएका मतदाताहरुले प्रतिनिधिसभाको समानुपातिकमा मात्र मतदान गर्न पाउनेछन् । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा स्थायी मतदाताका ८२ वटा मतदानस्थल र एक सय १९ वटा मतदान केन्द्र कायम गरिएको छ । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १९ जना उम्मेदवार छन्। 

बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र ९क० मा ४८ हजार चार सय ७२, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र ९ख० मा ३७ हजार ६ सय ४८ जना मतदाता छन्।  

प्रकाशित मिति: १५:५८ बजे, सोमबार, कात्तिक २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्