Kathmandu Press

नुवाकोट–१ मा राप्रपा नेपालकी उम्मेदवार न्यौपानेले एमालेलाई सहयोग गर्ने

नुवाकोट–१ मा राप्रपा नेपालकी उम्मेदवार न्यौपानेले एमालेलाई सहयोग गर्ने

काठमाडौं, कात्तिक २० : आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नुवाकोट–१ बाट उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालकी उम्मेदवार पुष्पा न्यौपानेले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएकी छन् । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीको निर्देशनमा आफुले एमालेका उम्मेदवारलाई सर्मथन गरेको जानकारी दिइन्। 

पार्टीका अध्यक्ष स्वयं सुर्य चिन्हबाट चुनाव लडेको हुँदा, आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीको निर्देशनअनुसार नुवाकोट–१ का सुर्य चिन्ह लिएर उम्मेदवारी दिएका एमालेका उम्मेदवारहरुलाई समर्थन गरेको उनले बताइन्। 

उहाले यस बिषयमा आफुले भन्दा पनि पार्टी अध्यक्षले नै आगामी दिनमा थप स्पष्ट पार्ने जिकिर गरिन्। 

प्रकाशित मिति: १४:५४ बजे, सोमबार, कात्तिक २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्