Kathmandu Press

धनुषामा प्रदेश निर्वाचन कार्यालयको निर्देशनलाई अवज्ञा गर्दै साधारणसभा गरियो

धनुषामा प्रदेश निर्वाचन कार्यालयको निर्देशनलाई अवज्ञा गर्दै साधारणसभा गरियो

धनुषा, कात्तिक २० : धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले प्रदेश निर्वाचन कार्यालयको निर्देशनलाई अवज्ञा गर्दै साधारणसभा सम्पन्न भएको छ ।

साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई निर्वाचनपश्चात मात्र उक्त कार्यक्रम गर्ने गरी तत्काललाई स्थगन गर्न प्रदेश निर्वाचन कार्यालयले शनिबार बिहान मात्र निर्देशन दिएको थियो । निर्वाचन कार्यालयको निर्देशनलाई सो संस्थाले अटेर गरेको पाइएको छ। निर्वाचन कार्यालयको निर्देशनपश्चात पनि संस्थाको १५औँ वार्षिक साधारणसभा शनिबार दिउँसो सम्पन्न भएको हो। संस्थाका अध्यक्ष रुमाकुमारी सिंहको अध्यक्षता तथा पूर्वअध्यक्ष रामसेवक महतोको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो।

Hardik ivf

प्रदेश निर्वाचन कार्यालयले सो संस्थाले महेन्द्र उच्च मावि ढल्केबरमा गर्न लागेको साधारणसभा सम्बन्धमा मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रतीन्द्र डङ्गोललाई निर्वाचनपश्चात मात्र उक्त कार्यक्रम गर्ने गरी तत्काललाई स्थगन गराउन निर्देशन दिएको थियो ।

यस सम्बन्धमा जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले कार्यक्रम सम्बन्धमा आफूलाई कुनै जानकारी नरहेको बताए। 'महेन्द्र उच्च मावि ढल्केबरमा गर्न लागेको साधारणसभा सम्बन्धमा आचारसंहिता उल्लङ्घन हुने भनी उजुरी प्राप्त भएपछि निर्वाचनपश्चात मात्र उक्त कार्यक्रम गर्ने गरी तत्काललाई स्थगन गर्न मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएका थियौँ,' उनले भने, 'हाम्रो निर्देशनका बाबजुद त्यो कार्यक्रम कसरी आयोजना गरियो, विस्तृत बुझेर मात्र केही भन्न सक्छु ।' साधारणसभामा संस्थाको आयव्यय तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

प्रकाशित मिति: १९:५९ बजे, आइतबार, कात्तिक २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्