Kathmandu Press

प्रधानमन्त्री देउवा धनगढीमा

प्रधानमन्त्री देउवा धनगढीमा

धनगढी, कात्तिक २० : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा चुनावी प्रचार गरेर आज धनगढी फर्किएका छन।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी रहेका प्रधानमन्त्री देउवाले त्यहाँ आयोजित सात ठाउँका चुनावी सभालाई सम्बोधन गरेका थिए।

देउवा चुनावी प्रचार प्रसारका लागि यही कात्तिक १७ गते डडेलधुरा पुगेका थिए। प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवा डडेलधुराबाट फर्किएर धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निजी निवासमा पार्टीका नेता कार्यकर्तासँगको भेटघाट थालेका छन।

प्रधानमन्त्री देउवा सोमबार काठमाडौँ फर्किने वा नफर्किने भन्नेबारे अहिल्यै टुङ्गो लागि नसकेको स्वकीय सचिव देउवाले जानकारी दिए।

प्रकाशित मिति: १९:४४ बजे, आइतबार, कात्तिक २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्