Kathmandu Press

एक सातामा तीन सय जनामा डेङ्गु सङ्क्रमण

एक सातामा तीन सय जनामा डेङ्गु सङ्क्रमण
Hardik ivf

काठमाडाैं, कात्तिक २० : पछिल्लो एक सातामा तीन सय जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ सङ्क्रमित थपिएको हो ।

योसँगै देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या ४७ हजार ६८ पुगेको छ । कात्तिक महिनाको सुरुमै सङ्क्रमितको सङ्ख्या घटे पनि डेङ्गुको उच्च जोखिम मङ्सिरको अन्तिमसम्म रहने महाशाखाले बताएको छ।

प्रकाशित मिति: १९:३७ बजे, आइतबार, कात्तिक २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्