Kathmandu Press

स्पेनमा विवाह समारोहमा झगडा हुँदा चार जनाको मृत्यु

स्पेनमा विवाह समारोहमा झगडा हुँदा चार जनाको मृत्यु

स्पेन, कात्तिक २० : स्पेनमा आइतबार बिहान एक विवाह पार्टीका सदस्यहरूका बीच झगडा  भएको छ। झगडामा उनीहरूलाई कारले ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।

घटनामा संलग्न भएको आरोपमा तीन जनालाई हिरासतमा लिइएको राष्ट्रिय प्रहरीका प्रवक्ताले एएफपीलाई  बताएका छन्।

Hardik ivf

म्याड्रिडबाट करिब २५ किलोमिटर (१६ माईल) उत्तरपूर्वमा रहेको टोरेजोन डे अर्डोजमा विवाहको आयोजना गरिरहेको रेस्टुरेन्टको अगाडि बिहानै झगडा भएको थियो।

झगडापछि एउटा कारले विवाहमा आएका पाहुनालाई ठक्कर दिएर भागेको थियो।

'जब हामी घटनास्थलमा पुग्यौं र त्यहाँ गम्भिर चोटपटकबाट  चार जनाको मृत्यु भएको  पाइएको,' म्याड्रिड आपतकालीन सेवाका प्रमुख कार्लोस पोलोले बताएका छन्।
 
घाइते अन्य चारजनालाई उपचारका लागि अस्पताल लगिएको उनले बताए।

आक्रमण गरेको आशंका गरिएको गाडी दुर्घटनास्थलबाट ५० किलोमिटर टाढा भेटिएको र त्यसमा सवार तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी प्रहरीले चौथो संदिग्धको खोजी भइरहेको बताएको छ।

प्रकाशित मिति: १९:३२ बजे, आइतबार, कात्तिक २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्