दक्षिण पाकिस्तानमा डाकु आक्रमणमा ७ प्रहरीको मृत्यु
इस्लामावाद, कात्तिक २० : पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार डाकुहरूले गरेको आक्रमणमा सात प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
दर्जनौं अपराधीहरूले घोटकी जिल्लाको प्रहरी क्याम्पमा आक्रमण गर्दा सात प्रहरी अधिकारीको हत्या गरेका छन् भने २० जनालाई अपहरण गरेका छन्।
केही दिनअघि अपहरणमा परेका कैयौं व्यक्तिको रिहाइका लागि अपराधीविरुद्ध अभियान चलाउन उक्त क्षेत्रमा शिविर स्थापना गरिएको हो।
घटनालगत्तै ठूलो सङ्ख्यामा प्रहरी टोली घटनास्थलमा पुगेको र उक्त क्षेत्रमा खोजी कार्य जारी रहेको बताइएको छ।
घटना भएको क्षेत्र थोरै जनसङ्ख्या भएको ठाउँ हो भने लुटपाट अपहरण, फिरौती लगायतका आपराधिक गतिविधिमा संलग्न डाँकुहरूको बलियो बासस्थान पनि हो।
प्रकाशित मिति: १९:२१ बजे, आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१