नक्कली फेसबुक आइडी बनाएर महिलाकाे चरित्र हत्या गर्ने पक्राउ

काठमाडाैं, कात्तिक २० : सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको अभियोगमा सप्तरी सुरूङ्गा नगरपालिका-१ बस्ने १९ वर्षीय सुमित कुमार थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
समित कुमारले सामाजिक सञ्जाल फेसबुकको नक्कली आइडीबाट पीडितको तस्विरमा अपरिचित महिलाको अश्लिल तस्विर राख्दै पीडितको बारेमा अनर्गल, अश्लिल शब्दहरु लेखी पोष्ट गर्नुका साथै उक्त आइडीको मेसेन्जरबाट पीडितको आफन्तहरुले प्रयोग गर्ने फेसबुकमा समेत पीडितको बारेमा विभिन्न अश्लिल म्यासेजहरु गरी बदनाम, बेईज्जत गरी, अनावश्यक मानसिक तनाव, दु:ख हैरानी दिई चरित्र हत्या गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा उनलाई ईलाका प्रहरी कार्यालय भेडिया सप्तरीको सहयोगमा पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय साइवर व्यूरोले जनाएको छ।
प्रकाशित मिति: १८:५३ बजे, आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












