Kathmandu Press

समाजवादी प्रेस संगठनबाट बन्जाडे र शर्मालाई जिम्मेवारीबाट हटाइयाे

संगठनका महासचिव भूपराज खड्काले आज (आइतबार) जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा संगठनको हितप्रतिकूल गतिविधिमा संलग्न रहेको ठहर गर्दै सचिवालय बैठकले सम्पूर्ण जिम्मेवारीबाट हटाइएको उल्लेख छ। 
समाजवादी प्रेस संगठनबाट बन्जाडे र शर्मालाई जिम्मेवारीबाट हटाइयाे

काठमाडाैं, कात्तिक २० : नेकपा एकीकृत समाजवादी पार्टीनिकट समाजवादी प्रेस संगठनले लुम्बिनी प्रदेश इन्चार्ज तथा उपाध्यक्ष विकास बन्जाडे र जाजरकोटस्थित केन्द्रीय सदस्य भरत शर्मालाई संगठनका सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ।

संगठनका महासचिव भूपराज खड्काले आज (आइतबार) जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा संगठनको हितप्रतिकूल गतिविधिमा संलग्न रहेको ठहर गर्दै सचिवालय बैठकले सम्पूर्ण जिम्मेवारीबाट हटाइएको उल्लेख छ। 

बैठकले पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धन पक्षीय उम्मेदवारको पक्षमा गर्नुपर्ने प्रचार कामलाई अगाडि बढाउने पनि निर्णय गरेको छ। यसका लागि जिल्ला र निर्वाचन क्षेत्रमा गठबन्धन पक्षधर अन्य पत्रकार संगठनबीच आपसी समन्वय गर्ने र साझा ढंगले प्रचार काम अगाडि बढाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ। 

यस्तै पार्टीको प्रत्यक्ष तर्फका सम्पूर्ण उम्मेदवारका हकमा एकएक जना सञ्चार सहजकर्ता तोकेको पनि विज्ञप्तिमा उल्लेख छ।

relese-anusashan1667733911.jpg

प्रकाशित मिति: १७:०१ बजे, आइतबार, कात्तिक २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्