Kathmandu Press

तीर्थ लामालाई स्वतन्त्र उम्मेदवार दुर्गा भुजेलको समर्थन

आइतबार काभ्रेको खानीखोली गाउँपालिका–२ मा आयोजित एक कार्यक्रममा भुजेलले कांग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार तीर्थ लामालाई समर्थन गर्ने घोषण गरेका हुन्।
तीर्थ लामालाई स्वतन्त्र उम्मेदवार दुर्गा भुजेलको समर्थन

काभ्रे, कात्तिक २० : काभ्रे क्षेत्र नंं १ (ख)का लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदावर तीर्थ लामालाई स्वतन्त्र उम्मेदवार दुर्गा भुजेलले समर्थन गरेका छन्।

आइतबार काभ्रेको खानीखोली गाउँपालिका–२ मा आयोजित एक कार्यक्रममा भुजेलले कांग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार तीर्थ लामालाई समर्थन गर्ने घोषणा गरेका हुन्।

भुजेलले आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै लामाले समर्थन गर्ने घोषणा गरेको नेपाली कांग्रेस काभ्रे क्षेत्र नं.१ का सचिव विद्यासागर लामाले जानकारी दिए ।

उनकाअनुसार भुजेलले लामालाई समर्थन गर्दै आजैबाट लोकतान्त्रिक वाम गठबन्धनलाई जिताउन र सहयोग गर्न आफू र आफ्नो टिम लाग्ने प्रतिबद्धता जनाएका छन्।

 

प्रकाशित मिति: १६:०२ बजे, आइतबार, कात्तिक २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्