Kathmandu Press

एकैदिन ताेलामा १ हजार ४ सयले बढ्याे सुनको मूल्य

एकैदिन ताेलामा १ हजार ४ सयले बढ्याे सुनको मूल्य
Hardik ivf

काठमाडौं, कात्तिक २० : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय निर्धारण गरिएको छ । शुक्रबार प्रतितोला ९३ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला एक हजार चार सयले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६ सय थियो ।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५० ले बढेर रु एक हजार दुई सय ७५ तोकिएको महासङ्घले जनाएको छ। 

प्रकाशित मिति: ११:४२ बजे, आइतबार, कात्तिक २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्