Kathmandu Press

कांग्रेस केन्द्रीय सदस्य गुरुङलाई पत्नी शोक

कांग्रेस केन्द्रीय सदस्य गुरुङलाई पत्नी शोक

काठमाडौं, कात्तिक २० : नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई पत्नी शोक परेको छ। गुरुङकी श्रीमती शिरमाया गुरुङको आज बिहान ५ः२० बजे फोक्सोको क्यान्सरका कारण निधन भएको हो। विसं २००५ भदौमा स्याङ्जाको भिरकोटमा उनको जन्म भएको हो । 

उनका तीन छोरा र दुई छोरी छन् । उनको सोमबार दिउँसो १२ः३० बजे गुरुङ संस्कारअनुसार देवघाटमा अन्त्येष्टि गरिँदैछ । उहाँका श्रीमान् टेकप्रसाद नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत छन्। 

कांग्रेस चितवनले शिरमायाको निधनप्रति दुःख व्यक्त गरेको छ । जिल्ला सभापति राजेश्वर खनालले उनको निधनले नेपाली कांग्रेसलाई अतुलनीय क्षति भएको बताए। स्व गुरुङले पार्टीमा पु¥याएको योगदानको कांग्रेसले सम्मान गर्ने उनले बताए। 

प्रकाशित मिति: १०:५१ बजे, आइतबार, कात्तिक २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्