Kathmandu Press

समाचार हटाउन निर्देशन दिनु प्रेस स्वतन्त्रतामाथीको हस्तक्षेप : अनलाइन पत्रकार संघ 

प्रकाशित समाचारको बिषयलाई लिएर २४ घण्टाभित्र हटाउन सेतोपाटी डटकमलाई निर्वाचन आयोगले दिएको निर्देशनप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
समाचार हटाउन निर्देशन दिनु प्रेस स्वतन्त्रतामाथीको हस्तक्षेप : अनलाइन पत्रकार संघ 
Hardik ivf

काठमाडौं, कात्तिक २० : प्रकाशित समाचारको बिषयलाई लिएर २४ घण्टाभित्र हटाउन सेतोपाटी डटकमलाई निर्वाचन आयोगले दिएको निर्देशनप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

कुनै पनि सञ्चारमाध्यममा प्रकाशित एवं प्रसारित समाचारका विषयमा चित्त नबुझेमा राज्यद्वारा तोकिएका निकाय मार्फत कार्य प्रकृया अगाडी बढाउने कानुनी अभ्यास हुँदा हुँदै निर्वाचन आयोग आफैले सञ्चारमाध्यमलाई स्पष्टीकरण सोध्ने र सो स्पष्टिकरणको जवाफ समेत दिने मौका नदिई समाचार हटाउन निर्देशन दिनु आयोगको बदनियत देखिएको भन्दै प्रेस स्वतन्त्रतामाथीको हस्तक्षेप तत्काल बन्द गर्न संघले आग्रह समेत गरेको छ । 

सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचारका  बिषयमा  चित्त नबुझेमा राज्यद्वारा तोकिएका निकायमार्फत राय, सल्लाह लिनुहुन सम्बन्धित सम्पूर्ण निकायलाई आग्रह गरेको अध्यक्ष डिल्ली प्रसाद सापकोटाद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । झापा क्षेत्र नम्बर १ का लागि नेकपा एमालेबाट  उम्मेदवार  रहेका अग्नि खरेलका परिवारको सदस्यको प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन आयोगले सेतोपाटीलाई निर्देशन दिएको थियो । 

प्रकाशित मिति: ०८:३६ बजे, आइतबार, कात्तिक २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्