Kathmandu Press

मुक्तिनाथ विकास बैंकको अध्यक्षमा ढकाल 

काठमाडौं, पुस १ : मुक्तिनाथ विकास बैंकको अध्यक्षमा भरतराज ढकाल चयन भएका छन् । सोमबार बसेको बैंकको साधारण सभाले ढकाललाई संचालक समितिको अध्यक्षमा सर्वसम....

मुक्तिनाथ विकास बैंकको अध्यक्षमा ढकाल 

काठमाडौं, पुस १ : मुक्तिनाथ विकास बैंकको अध्यक्षमा भरतराज ढकाल चयन भएका छन् । सोमबार बसेको बैंकको साधारण सभाले ढकाललाई संचालक समितिको अध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो ।

साधारणसभाले ढकाल लगायत ५ जनालाई नयाँ संचालकको रुपमा सर्वसम्मत चयन गरेको हो ।

देशका विकट क्षेत्र र कुनाकन्दरामा बैंकिङ सेवा पुर्याउनुपर्ने निरन्तर वकालत गर्दै आएका ढकाल बैंकको सीइओ हुँदा विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष समेत भएका थिए ।

यस बैंकको स्थानमा महत्वपूर्ण भूमिका खेलेका ढकाल यसअघि बैंकको सिईओ समेत रहेका थिए । 

प्रकाशित मिति: ०८:०१ बजे, मंगलबार, पुस १, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्