Kathmandu Press

आचारसंहिताको उल्लंघन गर्ने एक दर्जन सवारीसाधन प्रहरी नियन्त्रणमा

मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले उक्त घटनाबारे अनुसन्धान सुरु भएको र निर्वाचन आयोगले यसअघि कात्तिक १२ गते पनि धनुषा–३ का उम्मेदवार महतोलाई २४ घण्टे स्पष्टीकरण सोधिएको बताए।
आचारसंहिताको उल्लंघन गर्ने एक दर्जन सवारीसाधन प्रहरी नियन्त्रणमा

धनुषा, कात्तिक १९ : आगामी मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा आचारसंहिताको उल्लंघन गरेको भन्दै स्थानीय प्रशासनले उम्मेदवारहरूको एक दर्जन सवारीसाधन नियन्त्रणमा लिएको छ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ का लागि एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार जुली महतो, प्रदेशसभा ३ (क) का उम्मेदवार जितेन्द्रकुमार यादव, प्रदेशसभा ३ (ख) का दीपेन्द्र ठाकुर, धनुषा–३ का सत्तारुढ गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल झा, ३ (क) का प्रदेशसभा सदस्य उम्मेदवार रामसरोज यादवलगायत अन्य उम्मेदवारहरुले ब्यानर झुण्ड्याएको करिब एक दर्जन सवारीसाधन धनुषा प्रहरीले नियन्त्रणमा लिएको हो।

Hardik ivf

आचारसंहिताविपरीत सवारीसाधनमा ठूला–ठूला ब्यानर झुण्ड्याएको, अत्यधिक ध्वनी प्रदूषण हुने गरी डिजेमा प्रचारप्रसार गरेकोलगायत गतिविधि गरेकोले नगरभित्रका विभिन्न चोकबाट नेपाली तथा भारतीय नम्बरप्लेटका सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।

थप अनुसन्धान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिम्मा लगाइएको उनले जानकारी दिए। मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले उक्त घटनाबारे अनुसन्धान सुरु भएको र निर्वाचन आयोगले यसअघि कात्तिक १२ गते पनि धनुषा–३ का उम्मेदवार महतोलाई २४ घण्टे स्पष्टीकरण सोधिएको बताए।

महतोले आफ्नो तस्वीरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित मिति: २०:३२ बजे, शनिबार, कात्तिक १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्