Kathmandu Press

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक झालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

डा. झाले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार उपेन्द्र यादवको प्रचार–प्रसार गरेको देखिएकाले आयोगले स्पष्टिकरण सोधेको हो ।
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक झालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं, कात्तिक १९ : निर्वाचन आयोगले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जितकुमार झालाई स्पष्टिकरण सोधेको छ। आयोगले चुनाव प्रचार प्रसार गरेको भन्दै डा. झालाई २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ पेस गर्न निर्देशन दिएको छ।

डा. झाले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार उपेन्द्र यादवको प्रचार–प्रसार गरेको देखिएकाले आयोगले स्पष्टिकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार–प्रसारमा संलग्न हुन वा प्रचार–प्रसार गर्न हुँदैन भन्ने व्यवस्था छ ।

‘उल्लिखित सन्दर्भमा तपाईं दलका उम्मेदवारको प्रचार–प्रसारमा संलग्न हुनुभएको कार्यले निर्वाचन आचारसंहिता, २०७९ र प्रचलित सार्वजनिक सेवासम्बन्धी कानुनसमेतको उल्लंघन हुन्छ, हुँदैन ? तपाईंबाट उक्त कार्य भएको भए किन कानुनबमोजिम कारबाही हुनुनपर्ने हो?,’ स्पष्टीकरणमा भनिएको छ ।

प्रकाशित मिति: १९:०३ बजे, शनिबार, कात्तिक १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्