Kathmandu Press

कोमल वलीलाई निर्वाचन आयोगकाे २४ घन्टे स्पष्टीकरण

निर्वाचन आचारसंहिताविपरीत चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको विषयमा आयोगले वलीलाई स्पष्टीकरण सोधेको हो। आचारसंहिताले चुनाव प्रचारप्रसारमा उम्मेदवारले बालबालिकाको प्रयोग गर्न नपाउने भनेको छ।
कोमल वलीलाई निर्वाचन आयोगकाे २४ घन्टे स्पष्टीकरण

काठमाडौं, कात्तिक १९ : निर्वाचन आयोगले एमाले दाङ निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार कोमल वलीलाई स्पष्टीकरण सोधेको छ।

निर्वाचन आचारसंहिताविपरीत चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको विषयमा आयोगले वलीलाई स्पष्टीकरण सोधेको हो। आचारसंहिताले चुनाव प्रचारप्रसारमा उम्मेदवारले बालबालिकाको प्रयोग गर्न नपाउने भनेको छ। 

वलीले चुनाव प्रचारप्रसारका क्रममा बालबालिका प्रयोग गरेको भन्दै आयोगमा उजुरी परेको थियो। उनलाई स्पष्टीकरणपत्र प्राप्त भएको २४ घन्टाभित्र तीन प्रश्नको जवाफ दिन आयोगले भनेको छ। 

उनलाई सोधिएका प्रश्नहरू आचारसंहिताको प्रतिकूल हुनेगरी प्रचारप्रसार गरेको होइन भन्ने प्रमाण के छ?, किन जानाजान आचारसंहिता उलंघन हुने कार्य गरेको? र निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्न हुँदैन भन्ने जानकारी हुँदाहुँदै उक्त कार्य गरेको देखिएकाले किन कारबाही हुनु नपर्ने? भन्ने रहेका छन्।

प्रकाशित मिति: १८:०३ बजे, शनिबार, कात्तिक १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्