Kathmandu Press

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

हाल नेपालमा ५ सय ६२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, कात्तिक १९ : नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर गरिएको ४ सय ४९ पिसिआर परिक्षणका क्रममा १० जना र ८ सय २७ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु भएको छैन भने थप १७ संक्रमित कोरोनामुक्त भएका छन्।

हाल नेपालमा ५ सय ६२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:४४ बजे, शनिबार, कात्तिक १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्