निर्वाचनमा इन्सेकले पर्यवेक्षक खटाउने
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले एक सय ६५ निर्वाचन क्षेत्रमा सात सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने जानकारी दिए।
काठमाडौं, कात्तिक १९ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले यही मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा सात सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने भएको छ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले एक सय ६५ निर्वाचन क्षेत्रमा सात सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने जानकारी दिए।
कार्यकारी निर्देशक गौतमले प्रजातन्त्र स्थापनापछिका सबै निर्वाचनमा इन्सेकले पर्यवेक्षण गर्दै आएको उल्लेख गर्दै यसपटक पनि निर्वाचनमा पर्यवेक्षक खटाउने बताए।
निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले कुनै पनि पक्ष र विपक्षमा नलाग्ने इन्सेकलगायत ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको जानकारी दिए।
उनले देशभर स्वयम्सेवीका रूपमा खटिने करिब १० हजार पर्यवेक्षकले संस्थामार्फत उपलब्ध गराउने निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा उल्लेख हुने सुझावलाई निर्वाचन आयोगले ग्रहण गर्ने बताए।












