Kathmandu Press

सेनाद्वारा जुम्लाका विद्यालयमा ‘माइन जोखिमसम्बन्धी शिक्षा’

यसअघि म्यादी प्रहरी र नागरिकलाई मात्रै शिक्षा दिँदै आएको सेनाले विद्यालयस्तरमा पनि माइन जोखिमसम्बन्धी शिक्षा’ दिन सुरु गरेको गणपति रविन थापाले जानकारी दिए। 
सेनाद्वारा जुम्लाका विद्यालयमा ‘माइन जोखिमसम्बन्धी शिक्षा’

जुम्ला, कात्तिक १९ : नेपाली सेना नन्दाबक्स गण जुम्लाले विद्यालयस्तरमा पनि ‘माइन जोखिमसम्बन्धी शिक्षा’ दिन सुरु गरेको छ।

यसअघि म्यादी प्रहरी र नागरिकलाई मात्रै शिक्षा दिँदै आएको सेनाले विद्यालयस्तरमा पनि माइन जोखिमसम्बन्धी शिक्षा’ दिन सुरु गरेको गणपति रविन थापाले जानकारी दिए। 

Hardik ivf

यहाँका पातारासी, गुठिचौर र सिञ्जा गाउँपालिकाका विद्यालयमा माइन जोखिमसम्बन्धी शिक्षा दिन सुरु गरिएको उनको भनाइ छ। 

'मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै उपसेनानीको नेतृत्वमा शिक्षा दिन सुरु गरेका छौँ', उनले भने। थापाले जिल्लाका आठ सय ४३ म्यादी प्रहरीसहित नागरिकस्तरमा पनि शिक्षा पु¥याउने काम भइरहेको बताए।

गणका उपसेनानी सन्तोष केसीले चन्दननाथ नमूना माविका दुई सय ९० जना विद्यार्थीलाई ‘माइन जोखिमसम्बन्धी शिक्षा’ प्रदान गरिसकेको बताए। 

'यस शिक्षाअन्तर्गत बम डिस्पोज कसरी गर्ने, शंकास्पद वस्तु भेटिएमा के गर्ने र आफू कसरी बच्नेबारे ज्ञान दिएका छौँ', उनले भने।

प्रकाशित मिति: १३:५९ बजे, शनिबार, कात्तिक १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्