Kathmandu Press

रुसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

रुसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

मस्काे, कात्तिक १९ : रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु  भएको छ।

सो दुर्घटनमा अन्य ४ जना घाइते भएको क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ।

स्थानीय आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै तासले  जनाएअनुसार क्याफेमा आगन्तुकले आगजनी गरेको   अनुमान गरिएको छ। उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो।

आगो  ३,५०० वर्ग मिटर क्षेत्रमा  फैलिएको थियो। घटना बारे अनुसन्धान जारी छ  भने विस्तृत विवरण आउँन बाँकी छ। 

प्रकाशित मिति: १३:२७ बजे, शनिबार, कात्तिक १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्