Kathmandu Press

कर्नाटक सडक दुर्घटनामा सातजनाको मृत्यु, ६ घाइते

बेमलखेडा गाउँ नजिकै दुर्घटना भएको  र दुर्घटनाका घाइतेलाई बिदर अस्पताल लगिएको बिदर प्रहरीले जनाएको छ।
कर्नाटक सडक दुर्घटनामा सातजनाको मृत्यु, ६ घाइते

कर्नाटक, कात्तिक १९ : कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा सात महिलाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।

बेमलखेडा गाउँ नजिकै दुर्घटना भएको  र दुर्घटनाका घाइतेलाई बिदर अस्पताल लगिएको बिदर प्रहरीले जनाएको छ।

बुढामनहल्ली गाउँपालिकाका महिला मजदुर काम सकेर घर फर्किरहेका बेला सो दुर्घटना भएको हो। घटनाबारे बेमलखेडा प्रहरी चौकीमा उजुरी परेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी छ।

प्रकाशित मिति: १२:१७ बजे, शनिबार, कात्तिक १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्