Kathmandu Press

डोटीमा चुनाव अवधिभर मदिरा बिक्री बितरण र सेवनमा रोक

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसारदेखि सेवनमा समेत पूर्णरुपमा निषेध गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्।
डोटीमा चुनाव अवधिभर मदिरा बिक्री बितरण र सेवनमा रोक

डोटी, कात्तिक १९ : आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरी डोटीमा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसारदेखि सेवनमा समेत पूर्णरुपमा निषेध गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्।

शुक्रबार जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत दीपा जोशीले जारी गरेको सूचनामा मदिरा ओसारपसार, बिक्री बितरण र सेवन निषेध गरिएको छ ।

‘डोटी जिल्लाको सम्पूर्ण सुरक्षालाई दृष्टिगत गर्दै कात्तिक १७ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको निर्वाचन सुरक्षा समितिको बैठकको निर्णयअनुसार २०७९ कात्तिक १९ गते राति १२ बजेदेखि पहिलो हुने निर्वाचित प्रणाली बमोजिम अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको ओसारपसार, बिक्री बितरण र सेवनमा पूर्णरुपमा निषेध गरिएको छ । कोही कसैले सूचनाको बर्खिलाप गरी मदिरा ओसारपसार, बिक्री बितरण र सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने छ’, सूचनामा भनिएको छ ।

आसन्न निर्वाचनलाई भएरहित वातावरणमा सम्पन्न गर्न मतदाता, राजनीतिक दल जिल्लाबासी, सरोकारवाला निकायले आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने प्रजिअ श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति: ११:१८ बजे, शनिबार, कात्तिक १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्