Kathmandu Press

स्वास्थ्य सेवा क्षेत्रमा लगानी गर्न एडीबीद्वारा पाकिस्तानलाई १० करोड अमेरिकी डलर ऋण दिने

स्वास्थ्य सेवा क्षेत्रमा लगानी गर्न एडीबीद्वारा पाकिस्तानलाई १० करोड अमेरिकी डलर ऋण दिने

इस्लामावाद, कात्तिक १८ : पाकिस्तान र एसियाली विकास बैंक (एडीबी) बीच देशको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन १० करोड अमेरिकी डलर बराबरको ऋण सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ।

यो ऋणले पूर्वाधार र उपकरणको आधुनिकीकरण, क्लिनिकल प्रोटोकल सुनिश्चित गर्नुका साथै मानव संसाधन योजना र औषधि आपूर्ति शृङ्खला व्यवस्थापनमा सुधार गरी प्रदेशका माध्यमिक अस्पतालहरूमा स्वास्थ्य सेवा प्रवाहमा सुधार ल्याउन मद्दत गर्नेछ, आर्थिक मामिला मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसले विद्यमान ३३ वटा माध्यमिक स्वास्थ्य संस्थाहरूको पूर्वाधारको स्तरोन्नति, गुणस्तरीय उपकरणहरू प्रदान गर्दै र मेडिकल, प्राविधिक र प्रशासनिक कर्मचारीहरूको पोस्टिङ र उपलब्धता सुनिश्चित गरेर माध्यमिक स्वास्थ्य सेवा प्रणालीलाई रूपान्तरण गर्ने लक्ष्य राखेको छ।

यस कार्यक्रमले निजी क्षेत्रलाई निश्चित सेवाहरूको कुशल बाह्य स्रोत सुनिश्चित गर्नुका साथै इलेक्ट्रोनिक मेडिकल रेकर्डहरू र गुणस्तरीय स्वास्थ्य परीक्षण र खोजलाई बढावा दिनेछ।    मन्त्रालयका अनुसार यो कार्यक्रमबाट मातृ स्वास्थ्य सेवाको आवश्यकता भएका महिलासहित अनुमानित तीन करोड ८० लाख मानिस लाभान्वित हुने र शिशु तथा मातृ मृत्युदरमा कमी आउने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०:३९ बजे, शुक्रबार, कात्तिक १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्