Kathmandu Press

म लमजुङको स्थानीय हुँ : महासचिव गुरुङ

म लमजुङको स्थानीय हुँ : महासचिव गुरुङ

लमजुङ, कात्तिक १८ : नेकपा (माओवादी केन्द्र) का महासचिव तथा लमजुङ प्रतिनिधिसभाका उम्मेदवार देवप्रसाद गुरुङले आफू यस जिल्लाकै बासिन्दा भएको स्पष्ट पारेका छन। वाम–लोकतान्त्रिक गठबन्धनको आज सुन्दरबजार नगरपालिका–७ पाउँदीबजारमा चुनाव प्रचारप्रसार तथा घरदैलो अभियानको शुभारम्भ गर्दै उनले भने, 'मलाई टुरिष्ट उम्मेदवार भनेर अनावश्यक हल्ला फैलाएको छ, यसअघिको निर्वाचनमा एमालेसँगै हुँदा त्यति बेला पनि म उम्मेदवार थिए, त्यति बेला म मनाङकै बासिन्दा हुँदा पनि टुरिष्ट भइन तर अहिले लमजुङकै बासिन्दा भइसके अहिले कसरी टुरिष्ट उम्मेदवार हुन्छु?'
 
त्यस्तै उनले मुलुकमा वाम–लोतान्त्रिक गठबन्धन कमजोर हुँदा प्रतिगामि शक्तिहरू हाबी हुने गरेकाले अहिलेको गठबन्धन एकजुटका साथ अघि बढ्नुपर्ने बताए। त्यस्तै, लमजुङ र गण्डकी प्रदेशकै विकासका लागि तनहुँ, गोरखा र लमजुङका गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि उनले मतदातालाई आग्रह गरे। जनता र देश विकासका लागि सधैँ लागिरहने भएकाले पनि जनताले गठबन्धनलाई साथ दिने उनको भनाइ छ।

प्रकाशित मिति: २०:१९ बजे, शुक्रबार, कात्तिक १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्