दक्षिण कोरियामा ४३ हजार भन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित
साेल, कात्तिक १८ : दक्षिण कोरियामा २४ घण्टा अर्थात बिहीबार मध्यरातसम्म ४३ हजार चार सय ४९ जना कोभिड–१९ का नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख ६० हजार सात सय एक पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भएका छन् । एक दिनअघि सङ्क्रमितको सङ्ख्या ४६ हजार आठ सय ९६ बाट कम भएर ४३ हजार चार सय ४९ जना भएका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी बताएको छ ।
गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा १४ ले बढेर ३०४ पुगेको छ । यस सङ्क्रमणको कारण थप ५३ जनाको मृत्युको पुष्टि भएपछि कोरोना शुरु हालसम्म २९ हजार तीन सय १५ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
प्रकाशित मिति: १९:२० बजे, शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१