Kathmandu Press

थप २५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर गरिएको १ हजार ८ सय ४५ नमुना परीक्षणका क्रममा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
थप २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक १८ : नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

पछिल्लो चौबिस घण्टामा देशभर गरिएको १ हजार ८ सय ४५ नमुना परीक्षणका क्रममा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

कोरोनाका कारण शुक्रबार पनि थप कसैको मृत्यु भएको छैन भने थप २८ संक्रमित कोरोनामुक्त भएका छन्।

हाल नेपालमा ५ सय ६९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:४२ बजे, शुक्रबार, कात्तिक १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्