Kathmandu Press

अनामनगरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु 

हिजो बेलुका ६ बजेतिर प्रदेश ३-०२-००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अनामनगर बस्ने ३२ वर्षकी आस्था सुब्बाको ज्यान गएको प्रहरीले जनाएको छ।
अनामनगरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु 

काठमाडौं, कात्तिक १८ : काठमाडौंको अनामनगरमा हिजो बेलुका भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ।

हिजो बेलुका ६ बजेतिर प्रदेश ३-०२-००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अनामनगर बस्ने ३२ वर्षकी आस्था सुब्बाको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकी उनको उपचारका क्रममा काठमाण्डौ मोडल अस्पतलामा बेलुका पौने सात बजे ज्यान गएको हो । दुर्घटनामा मोटरसाइकलका चालक घाइते भएका छन् ।

उनको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: ०८:३८ बजे, शुक्रबार, कात्तिक १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्