Kathmandu Press

‘जनताको विश्वास जितेर काम गछाैं’

‘जनताको विश्वास जितेर काम गछाैं’

कास्की, कात्तिक १७ : नेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले जनताको विश्वास जितेर काम गर्ने बताएकी छन।

पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित तल्लो खैरेनीका स्थानीय बासिन्दासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस क्षेत्रको समग्र विकास निर्माणमा कटिबद्ध भएर लाग्ने बताइन। नेकपा एमालेले मुलुकका मुख्य प्राथमिकतालाई समेटेर निर्माण गरेको घोषणापत्र र पार्टी गण्डकी प्रदेशको प्रतिबद्धतालाई विकास निर्माणको आधार बनाएर अघि बढ्ने मतदाता समक्ष उनले प्रतिबद्धता व्यक्त गरिन।

Hardik ivf

दुःखद परिस्थितिमा यस क्षेत्रका मतदाताले भारी मतका साथ उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित गाएर आफूलाई हौसला प्रदान गरेकाे स्मरण गर्दै नेतृ भट्टराईले भनिन, 'मङ्सिर ४ गतेको निर्वाचन पश्चात मुलुकको विकास निर्माणले गति लिने छ।'

निर्वाचन क्षेत्र नम्बर २ (१) का उम्मेदवार भीमबहादुर कार्कीले जनताको मनोवललाई उच्च राख्ने गरी काममा जुट्ने विश्वास व्यक्त गर्दै यस क्षेत्रका प्रत्येक गतिविधिमा आफ्नो सहभागीता रहने प्रतिबद्धता व्यक्त गरिन। कार्यक्रममा विभिन्न विकास निर्माणलाई समेटेर सामूहिक रुपमा  तयार पारिएको ध्यानाकर्षण पत्रसमेत उम्मेदवार भट्टराईलाई हस्तान्तरण गरिएको थियो । स्थानीय समाजसेवी रामबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान वडाध्यक्ष शिवराज आचार्य, नेकपा एमाले पोखरा ३३ का वडाध्यक्ष दीपक लामिछाने, स्थानीय शान्तिदेवी आचार्य, मनमाया मगर, डिबी विश्वकर्मा, ऋषिराज आचार्य लगायतले यस क्षेत्रमा भए गरेका विकास निर्माणका कार्य र पुरा गर्नुपर्ने योजनाका सम्बन्धमा जानकारी गराएकी थिइन। उम्मेदवार भट्टराईले आजै अनेमसङ्घ पोखरा ७ महिला भेला, पोखरा ८ र २१ को घरदैलो कार्यक्रममा सहभागी बनेका थिए।

प्रकाशित मिति: २०:२९ बजे, बिहीबार, कात्तिक १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्